बुम रेमिट्यान्सको एजेन्टमा प्रोग्रेशिभ फाइनान्स नियूक्त

  २०७३ चैत २९ गते १८:१८     विकासन्युज

काठमाडौं । बुम रेमिट्यान्स प्रा लि र प्रोग्रेशिभ फाइनान्स लिमिटेडलाई आफ्नो एजेन्ट नियूक्त गरेको छ । बुम रेमिट् मार्फत नेपालीले विदेश बाट पठाएको रकम प्रोग्रेशिभ फाइनान्स लिमिटेडले आफ्नो शाखाहरु मार्फत भुक्तानी गर्नुको साथै बुम रेमिटको सफ्टवेयर मार्फत आन्तरिक विप्रेषण (पठाउने तथा भुक्तानी गर्ने) कार्य गर्नका लागि सम्झौता भएको छ ।

उक्त सम्झौतामा बुम रेमिट्यान्सको तर्फबाट प्रबन्ध निर्देशक धिरेन्द्र पन्त र प्रोग्रेशिभ फाइनान्स लिमिटेडको तर्फबाट वरिष्ठ प्रबन्धक उमा लामिछानेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

बुम रेमिटले विदेशमा पनि आफनो संञ्जाललाई तिब्ररूपले विस्तार गर्दै जाने रणनिति रहेको कुराको जानकारी प्रबन्ध निर्देशक धिरेन्द्र पन्तले दिए । पन्तका अनुसार बुम रेमिटले विभिन्न बैंकहरूसँग सहर्काय गरि विदेशमा समेत बजार प्रर्वद्धन गरि नेपाली कामदारहरूको विदेशबाट नै खाता खोल्ने प्रवन्ध मिलाएको छ । बुम रेमटले हुन्डी कारोबारलाई निरूस्साहित गर्न नेपाल र विदेशमा वैकिङ साक्षरता कार्यक्रम गर्दै आएको कुराको जानकारी प्रबन्ध निर्देशक धिरेन्द्र पन्तले दिए । धिरेन्द्र पन्त “नेपाल श्रमिक विप्रेषण बोर्ड” गठन गरि विपे्रषणको रकमलाई राष्ट्र विकासमा लगाई समृद्ध नेपाल सृजना गर्नुपर्ने बताउछन् ।

बुम रेमिट्यान्सको नेपालमा ७५ वटै जिल्लामा ४००० वटा भन्दा बढि सब–ऐजेन्टहरु छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.