२०७४ वैशाख १९ गते १४:०६ विकासन्युज
काठमाडौं । नेकपा(एमाले)ले काठमाडौंको मेयरमा विद्या सुन्दर शाक्यलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । एमाले स्थायी कमिटी बैठकले शाक्यलाई काठमाडौं महानगरपालिकाको मेयर बनाउने निर्णय गरेको हो ।
शाक्य एमाले काठमाडौं जिल्ला कमिटीका सचिव तथा महानगरपालिकाको दलिय संयन्त्रमा एमालेका प्रतिनिधी छन् ।
केशब स्थापित र गौरी प्रधानलाई पछि पार्दै शाक्यले काठमाडौं महानगरपालिकाको मेयरको टिकट हात पारेका हुन् ।
उप मेयर भने राप्रपाले पाउनेछ । एमाले र राप्रपाले काठमाडौं र ललितपुर उपमहानगरपालिकामा तालमेल गर्ने निर्णय गरेका हुन् । दुबै महानगरपालिकामा एमालेले मेयर र राप्रपाले उपमेयर लिने सहमति भएको हो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.