सपनाकाे देश ठानिने अमेरिकाबाटै सात नेपाली निष्कासित

  २०७४ जेठ २५ गते ७:२९     विकासन्युज

काठमाडौ । अवैध मार्ग हुँदै अमेरिका पुगेका सात नेपालीलाई त्यहाँको अध्यागमनले पक्राउ गरी निस्कासन गरेको छ।

निष्कासित सातै जनालाई अमेरिकाको बिशेष चार्टर बिमानबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बुधवार साँझ ल्याइएको हो।

जहाज ओर्लनासाथ ती सात नेपालीलाई विमानस्थलस्थित अध्यागमन कार्यालयको जिम्मा लगाइएको थियो।

निष्कासित हुनेमा रामेछापका टासी शेर्पा, रूकुमका तारक पुन मगर र धनीराम बुढा, पोखराका केशव थापा, हेम्जाका चित्रबहादुर थापा र मकवानपुरकाक रवीन्द्र बलामी तथा बागलुङका अमर बस्नेत छन्।

उनीहरू ९ देखि १६ महिनासम्म अमेरिकाको अध्यागमन हिरासतमा बसेका थिए। अमेरिकास्थित नेपाली दूतावासले उनीहरूको ट्राभल डकुमेन्ट बनाएपछि त्यहाँको अध्यागमनले उनीहरूलाई निष्कासन गरेको हो।

अध्यागमन विभागका महानिर्देशक गंगाराम गेलालले अवैध रूपमा अमेरिका छिरेका ७ नेपालीलाई त्यहाँको अध्यागमनले निष्कासन गरेको पुष्टी गरे। ‘यसबाट अवैध बाटो हुँदै अमेरिका छिर्न खोज्नेले पाठ सिक्नुपर्छ। यो घटनाबाट सबैमा सकारात्मक सन्देश जाओस्,’ गेलालले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.