तीन दिने हुन्डाई एक्स्चेञ्ज योजना शुक्रबारसम्म सञ्चालन हुने

  २०७४ जेठ २५ गते १६:१९     विकासन्युज

काठमाडौं । नेपालका लागि हुन्डाई गाडीको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्राली अन्तर्गत नेपालगंज स्थित हिम अटो डिस्ट्रीबुटरले तीन दिने लामो हुन्डाई एक्स्चेञ्ज कार्यक्रम ल्याएको छ । यहि जेठ २४ गते बुधबार देखि जेठ २६ गते शुक्रबारसम्म हुने यस एक्स्चेञ्ज योजना हुन्डाई ब्राण्डका सबै मोडलहरुमा लागु हुनेछ । ग्राहकहरुका लागि उत्कृष्ट एक्स्चेञ्ज योजना र आफ्नो सवारी साधन अभिवृद्धि गर्ने सुवर्ण अवसर प्रदान गर्न हिम अटो डिस्ट्रीबुटरले सो एक्स्चेञ्च क्याप ल्याएको हो ।

यस एक्स्चेञ्ज सँगै, हिम अटो डिस्ट्रीबुटरले आफ्ना ग्राहक सामु नगद छुट, स्पट एक्स्चेञ्ज एण्ड भ्यालुएसन र एक्स्चेञ्ज बोनस हरेक गाडिको बिक्री सँगै प्रदान गर्ने छ । यस कार्यक्रममा एक्स्चेञ्जका साथै टेष्ट ड्राइभ एण्ड वीन र मनोरञ्जनका कार्यक्रमहरु सम्मेलित छन् । कार्यक्रम अवधिमा टेष्ट ड्राइभ गरेका मध्ये बाट लक्की ड्र मार्फत एक भाग्यसाली ग्राहकलाई कुल प्याडको कुल १ स्मार्ट फोन प्रदान गरिने छ ।

ग्राहकहरुको सुविधाको लागि विभिन्न कार्यक्रम र योजना आयोजना गरिरहने हिम अटो डिस्ट्रीबुटरले यस हुन्डाई एक्स्चेञ्ज योजना मार्फत आफ्नो यस प्रवृत्तिलाई निरन्तरता दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.