२०७४ असार १५ गते ९:०८ विकासन्युज
काठमाडौं । हिमालयन बैक लिमिटेडले ऐतिहासिक एवं धार्मिक सम्पदाहरुको सुरक्षामा सहयोग पु¥याउने उद्देश्यले काठमाडौं महानगरपालिका वडा नं. ३० अवस्थित मैतीदेवी मन्दिर परिसरको विभिन्न स्थानमा ८ थान उच्च क्षमता युक्त सि.सि टी.भी क्यामेरा जडान गराई सो सम्बधि रेकर्डिङ्ग उपकरण उपलब्ध गराएको छ । बुधबार बैंकका अध्यक्ष मनोज बहादुर श्रेष्ठले सि. सि. टी. भी. सम्बन्धि उपकरणहरु मैतीदेवी क्षेत्र प्रबन्ध समितिका सदस्य सचिव दर्शन महतोलाई औपचारिक रुपमा हस्तान्तरण गरेका हुन् ।
उक्त रेकर्डिङ्ग उपकरणले उच्च क्षमतामा १८ दिन सम्मको चौबिसै घण्टाको गतिविधिलाई सुरक्षित राख्न सक्ने बताईएको छ । मारोहमा पुरातत्व विभागका महानिर्देशक भेष नारायण दहाल, बैंकका सञ्चालकहरु, बैंकका वरिष्ठ पदाधिकारी तथा मैतीदेवी क्षेत्र प्रबन्ध समितिका अन्य पदाधिकारीहरुको समेत उपस्थिति थियो ।
समारोहमा मन्तव्य ब्यक्त गर्दै अध्यक्ष श्रेष्ठले सि. सि. टी. भी. जडान भए पश्चात मन्दिर परिसर वरिपरि हुनसक्ने अवांछित गतिविधिहरु नियन्त्रणमा सहयोग पुग्ने विश्वास ब्यक्त गरे । उनले यसअघि पनि बैंक तथा व्यक्तिगत एवं पारिवारिक सहयोगमा मैतीदेवी मन्दिरमा तोरण एवं ढलोटका २ सिंह प्रतिमाहरु स्थापना गरिसकेको जानकारी दिए ।
यसैगरि पुरातत्व विभागका महानिर्देशक भेष नारायण दाहालले बैंकको यस प्रकारको पुरातात्विक संपदा संरक्षणको कार्य अत्यन्त सह्रानीय रहेको बताए ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.