२०७४ असार १६ गते १५:३४ विकासन्युज
काठमाडौं । एभरेष्ट इन्स्योरेन्सको कम्पनीको हालै सम्पन्न सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृत पदमा कमल गौतमलाई नियुक्त गरेको छ । नेपाल ग्रिन्डलैज बैंकबाट प्रोफेसनल बैंकिङ्ग क्यारियर शुरु गरी हिमालयन बैंक, एनआईसी एसिया बैंक, एनबि बैंक, सनराइज बैंक हुदै पछिल्लो समय इन्फ्रान्स्टक्चर डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा रही काम गरेका गौतमले इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंकलाई सुधार गर्न महत्वपुर्ण भुमिका खेलेका थिए ।
हालै इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैक, एनसिसि बैंकमा गाभिए पश्चात नायव महाप्रवन्धकको जिम्मेवारी सम्हाल्दै आएका गौतमले केही महिना अघि बैंकबाट राजिनामा दिई अवकास लिएका थिए । समस्याग्रस्त संस्थालाई सुधार गर्न अनुभवी गौतम निर्णय एवम व्यवस्थापकिय क्षमतामा अव्वल मानिन्छन् । करिब २६ वर्षको बैंकिङ्ग अनुभव सम्हालेका गौतम त्रिभुवन विश्वविद्यालयवाट व्यवस्थापन विषयमा स्नातकोत्तर हुन् ।
नव नियुक्त प्रमुख कार्यकारी अधिकृत गौतमले शुक्रबार देखि जिम्मेवारी समेत सम्हालेका छन् । भर्खरै समस्याबाट अगाडि बढ्दै आएको कम्पनीले उनको व्यवस्थापकिय क्षमताले कम्पनीलाई सुधार गरी थप उचाईमा पुर्याउने योगदानको अपेक्षा गरेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.