२०७४ असार २० गते ७:१६ विकासन्युज
काठमाडौं । नेपालले हवाई सुरक्षाको क्षेत्रमा पछिल्लो समय उल्लेख्य सुधार गरेको दावी गरिरहेका बेला खन्तराष्ट्रिय नागरिक उड्ययन संगठन (आइकाओ)ले वृहत् अध्ययन तथा मूल्यांकन (अडिट) गर्ने भएको छ ।
आइकाओको दुइ सदस्यीय टोलीले मंगलबार (आज) देखि नेपाली आकाशको अडिट सुरु गर्दैछ । टोलीले असार २७ सम्म नागरिक उड्ययन प्राधिकरणसहित केही एयरलाइन्सहरुको अडिट गर्ने कार्यक्रम छ ।
नेपाली वायुसेवाको अडिट गर्ने र युरोपेली मुलुकले नेपाली वायुसेवाालाई राखेको युरोप उडानको प्रतिवन्धसहितको कालोसूचिबाट हटाउने प्रयास स्वरुप यो अडिट हुन लागेको हो । कारोबार दैनिकबाट ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.