नबिल बैंकको १०० औँ एटिएम सेवा सञ्चालनमा

  २०७४ असार २८ गते १८:५३     विकासन्युज

काठमाडौं । नबिल बैंकको १०० औँ एटिएम सेवा सञ्चालनमा आएको छ । बैंकले बुधबार एकैदिन बुढानिलकण्ठको रुद्रेश्वर चोक, पुतलिसडक, बिरगंजको होटेल भिशुवा तथा लुम्बिनीको पर्सा चोकमा एटिएम सेवाको सञ्चालन गरेको हो । बैंकले सो स्थानका स्थानीय वासिन्दाहरुको सेवा सुविधाका लागि आफ्नो एटिएम सेवा थप गरेको हो ।

यस संगै बैंकको एटिएम संजाल काठमाडौं उपत्यका भित्र ५४ वटा र उपत्यका बाहिर ४६ वटा गरी कूल १०० वटा एटिएम संख्या पुगेको छ । भिषा कार्ड, माष्टर कार्ड, युनियन पे अन्तर्राष्ट्रिय कार्ड (स्थानीय तथा अन्तर्राष्ट्रिय) र एससिटि कुनै पनि कार्ड बाहकहरूले उक्त एटिएमहरुबँट नगद झिक्ने तथा एटिएमका अन्य सुविधाहरु उपभोग गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकका अध्यक्ष शम्भु प्रसाद पाैड्याले १००औं एटिएमको उद्घाटन गर्दै भने ‘ग्राहक सुविधा उपलब्धताको लागि धेरै सेवा केन्द्र विस्तार गर्ने प्रतिबद्धता अनुरुप चार एटिएम थप गर्दा हामीलाई खुशि लागेको छ । व्यवसायिक र प्रभावकारी बैंकिङ सुविधाहरु प्रदान गर्न र समाजका बृहत एवं छरिएर बसेका समुदायको बैंकिङ्ग आवश्यक्ता घरदैलोमै परिपुर्ति गर्ने तथा सधैं उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता रहनेछ ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.