सनराइज बैंकद्धारा मृतकका परिवारलाई ५ लाख रुपैयाँ बीमा भुक्तानी

  २०७४ असार २९ गते १७:२५     विकासन्युज

काठमाडौं । सनराइज बैंक लिमिटेडले मृतकका परिवारलाई ५ लाख रुपैयाँ बीमा भुक्तानी गरेको छ । बैंकले “बचतकर्ता सामुहिक दुर्घटना बीमा व्यवस्था” अन्तर्गत सडक दुर्घटनामा परि मृत्यु भएका बैंकका मृतक ग्राहकको नाममा रहेको निक्षेप रकमको ४ गुणा अर्थात ५ लाख रुपैयाँ बराबरको रकम हस्तान्तरण गरेको हो ।

बैंकले निक्षेप ग्राहक भानुभक्त तिम्सिनाको नाती थुर्पिनाथ तिम्सिनाको छोरा झापाको बिर्तामोडमा बस्ने हरि तिम्सिनाको आकस्मिक निधन भएकोमा सो व्यवस्था अन्तर्गत मृतकको नाममा उक्त रकम हस्तान्तरण गरेको हो । उक्त रकम बराबरको चेक बैंकका सुरुङ्गा शाखाका शाखा प्रबन्धक प्रमोद कुमार दासले मृतकको हकवाला श्रीमती रीता पौडेललाई हस्तान्तरण गरेका छन् ।

बैंकले आफ्ना बचत खाताका ग्राहकहरुको सुविधाको निमित्त शिखर ईन्स्योरेन्स कम्पनी लिमिटेड संगको सहकार्यमा “बचतकर्ता सामुहिक दुर्घटना बीमा व्यवस्था” प्रदान गर्दै आएको छ । यस सुविधा अन्तर्गत दुर्घटनामा परी कुनै बचतकर्ताको मृत्यु वा स्थायी अशक्तता भएमा ५ लाखमा नबढ्ने गरी बचतखातामा रहेको मौज्दातको ४ गुणा सम्म रकम प्रदान गरिने व्यबस्था रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.