२०७४ साउन ११ गते ७:०९ विकासन्युज
काठमाडौं । सानिमा बैंकले पनि एक वर्षमै १ अर्ब ३० करोड रुपैयाँ नाफा कमाएको छ । यो बैंकले गत आर्थिक वर्ष ९९ करोड ६० लाख मात्रै नाफा कमाएको थियो ।
यो बैंकले गत आव२०७३/७४ मा ३० दशमलव ५३ प्रतिशतले नाफा बढाउन र अर्ब बढी नाफा कमाउने बैंकको सूचीमा पर्न सफल भएको छ । यसले अघिल्लो आवको तुलनामा गत आवमा ३० करोड ४१ लाख रुपैयाँ नाफा गरेको छ ।
यो बैंकले असार मसान्तसम्ममा संचित कोषमा २ अर्ब १६ करोड रुपैयाँ जम्मा गरेको छ । यो बैंकको असार मसान्तसम्मको सेयर पुँजी ६ अर्ब ८९ करोड रुपैयाँ छ ।
बैंकले असार मसान्तसम्ममा निक्षेप ५८ अर्ब २२ करोड रुपैयाँ संकलन गरेको छ भने ५१ अर्ब २६ करोड रुपैयाँ कर्जा सापटी दिएको छ ।
यो बैंकले ९ अर्ब १६ करोड रुपैयाँ लगानी गरेको छ । बैंकको खराब कर्जा अनुपात शून्य दशमलव ०१ प्रतिशत रहेको छ । बैकको प्रति सेयर आम्दानी १८ रुपैयाँ ८५ पैसा रहेको छ ।
यो बैंकको सीडी रेसियो ७२ दशमवल ०४ प्रतिशत रहेको छ । बैंकको प्रति सेयर नेटवर्थ १३१ रुपैयाँ ३२ पैसा रहेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.