मुग्लिङ – नारायणगढ सडक खण्डमा सवारी चलाउन नसक्ने अवस्थामा

  २०७४ साउन १३ गते १४:०५     विकासन्युज

चितवन । नारायणी यातायात व्यवसायी संघले संघमा आबद्ध गाडी मुग्लिङ-नारायणगढ सडक खण्डमा सवारी चलाउन नसक्ने जनाएको छ । बाटोको खराब अवस्थाका कारण गाडीमा प्राविधिक समस्या धेरै देखिएपछि आफूहरु बाध्य भएर गाडी थन्काएर राख्ने अवस्थामा पुगेको नारायणी यातायात व्यवसायी संघ चितवनका कार्यालय प्रमुख शंकर गिरीले बताए ।

‘गाडी गुड्ने सडकमा भैंसी छिर्ने खाल्डा छन्, अनि कसरी गाडी चलाउनु,’ गिरीले भने- ‘सडकको अवस्थाले गाडी बिग्रिएर मर्मत खर्च निकै बढेपछि गाडी बन्द गर्नुपरेको हो । सडकखण्डमा भएका खाल्डाखुल्डीले झन् दुर्घटना वढाएको गिरीको भनाई छ । अहिले सो सडकखण्ड भएर यात्रा गर्ने यात्रुको संङख्या पनि उल्लेखनीय कमी आएको छ । सडक यात्रा गर्ने यात्रुहरुले भरतपुर(काठमाडौं हवाईमार्ग प्रयोग गर्ने गरेका छन् ।

संघमा आबद्ध माइक्रो, ठूला बस, ट्रक, ट्यांकर, मिनी बस र सुमो आदि गरी कम्तिमा दैनिक ५ सय गाडी सो सडकखण्डमा संचालनमा रहेका छन् । मुग्लिन-नारायणगढ सडकखण्डमा दैनिक जसो खस्ने पहिरोका कारण सो सडकयखण्ड प्रयोग गर्ने यात्रु र सवारी चालकले निकै सास्ती खेप्नुपरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.