२०७४ साउन १८ गते १७:२० विकासन्युज
काठमाडौं । तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले ५ अर्ब रुपैयाँ बजारमा पठाउने भएको छ । बैंकले बिहीबार प्रतिस्पर्धाबाट एक साताका लागि सो रकम बजारमा पठाउन लागेको हो । साउन २६ गते सो रकम परिपक्व हुने राष्ट्र बैंकले जनाएको छ ।
बजारमा लगानीयोग्य पुँजीको अभाव भएपछि समय समयमा केन्द्रीय बैंकले रिभर्स रिपो औजार प्रयोग गरेर तरलता व्यवस्थापन गर्दे आएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.