२०७४ साउन २० गते ७:५२ विकासन्युज
डोटी । बर्खायाम शुरु भएपछि डोटीका ग्रामीण सडक अनियमित बनेका छन् । केही सडकमा सवारीसाधन पूर्ण रुपमा रोकिएका छन् जसले गर्दा सर्वसाधारणले यात्रा गर्दा सास्ती भोगिरहेका छन् ।
वर्षा शुरु भएसँगै जिल्लाका दर्जनभन्दा बढी सडकमा यात्रा निकै कठिन भएको दीपायलका सवारी चालक देवबहादुर साउदले बताए । बाटोमा भेलले ठूल्ठूला खाल्डा परेको, हिलाम्मे तथा चिप्लो भएका कारण सडकमा यात्रा कठिन भएको हाे ।
यसरी सडक अवरुद्ध हुँदा लामो यात्रा पनि यात्रुले हिँडेर गर्नुपर्ने बाध्यता भएको छ । जिल्लाको लामो दूरीको मानिने राजपुर–चवरा चौतारा सडकखण्डमा सडक पूर्णरुपमा रोकिएको छ । रासस
Copyright © 2025 Bikash Media Pvt. Ltd.