२०७४ साउन २० गते ८:०० विकासन्युज
काठमाडौं । कामना र सेवा विकास बैंक एक आपसमा गाभिएर शुक्रबारदेखि एकिकृत रुपमा बैकिङ कारोबार सुरु गरेका छन् । दूई विकास बैंक एक आपसमा गाभिएपछि कामना सेवा विकास बैंकको नाममा एकिकृत बैंकिङ कारोबार गर्न लागेका हुन् ।
नेपाल राष्ट्र बैंकले चुक्तपुँजी बढाउनु पर्ने वाध्यकारी व्यवस्था ल्याएपछि दुई विकास बैंक गाभिएका हुन् । राष्ट्रिय स्तरको विकास बैंक हुन साढे २ अर्ब रुपैयाँ चुक्तापुँजी चाहिन्छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.