टाटाको नयाँ कार ‘स्टायलब्याक’ टिगोर नेपाली बजारमा, मूल्य पौने २४ लाख रुपैयाँ

  २०७४ साउन २५ गते १५:०२     विकासन्युज

काठमाडौं । सिप्रदी ट्रेडिङले टाटा मोटर्सको नयाँ कार स्टायलब्याक टाटा टिगोर नेपाली बजारमा ल्याएको छ । प्यासेन्जर सेग्मेन्टमा नयाँ पोर्टफोलियोको रुपमा बिक्री सुरु गरिएको हो ।

कमर्सियल कारमा अगाडि रहेको टाटा मोटर्सले नयाँ पुस्तालाई लक्षित गरेर आक्रमकरुपमा बजार विस्तारका लागि नयाँ कार बजारमा ल्याएको छ । टाटा मोटर्स विश्वको चर्चित अटोमोबाइल कम्पनी हो ।

रिभोर्टन १.२ लिटरको पेट्रोल क्षमताको उक्त कारको मूल्य २३ लाख ४५ हजार रुपैयाँ रहेको कम्पनीले जानकारी दिएको छ । कम्पनीले कारमा चार वर्षसम्मको वारेन्टीको व्यवस्था गरेको छ ।

टिगोरका कारहरु एक्स इ, एक्स टी, एक्स जेड र एक्स जेड (0) गरी चारवटा भेरियन्टमा उपलब्ध छन् । कारहरु ६ वटा आकर्षक रङ्गमा उपलब्ध छन्; कपर ड्याजल, एक्प्रेसो ब्राउन, पर्लसेन्ट ह्वाइट, प्लाटिनम सिल्भर, स्ट्राइकर ब्लू, बेरी रेड ।

कारमा रहेको गोल्डेन इयर्स सहितको हर्मन प्रविधिको अत्यानिक अडियो तथा कनेक्टनेक्स्ट इन्फोटेनमेन्ट सिस्टम मनोरञ्जनको दुनियाँमा कनेक्ट हुन चाहने नयाँ पुस्ताका लागि उपयोगी हुने कम्पनीले जनाएको छ ।

नेपाली बजारमा बिक्री सुरु भएको टाटा टिगोर कम्पनीका पुराना उत्पादनभन्दा केहि फरक र अत्याधुनिक विशेषताहरु रहेको टाटा मोटर्सका इन्टरनेशनल बिजनेश हेड जोनी ओम्मेनले बताए । उनले भने, ‘भावी पूस्ताको मागलाई ध्यानमा राखेर अत्याधुनिक विशेषताहरुसहित नयाँ वर्गको आकर्षक गाडी निर्माणमा विशेष जोड दिएका छौं ।’

टिगोरको भित्री सजावटमा इन्टेलिजेन्ट स्पेसको प्रयोग गरिएको र कनेक्टीभीटी विशेषताहरु रहेको कम्पनीका सि. इ. ओ. राजन बाबु श्रेष्ठले बताए । उनले भने, ‘यसले चालकलाई इनटच अनुभवका साथै भित्री र बाहिरी संसारको उत्कृष्ट अनुभूति प्रदान गर्छ ।’

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.