२०७४ साउन २९ गते १२:२२ विकासन्युज
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार ५ अर्ब रुपैयाँको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ ।
आगामी १२ वर्षका लागि निष्कासन गर्न लागेको ऋणपत्रको अवधी ०८६ साल साउनसम्म रहेको छ । सावाँ भुक्तानी ०८६ साउन ३२ गते हुने राष्ट्र बैंकले जनाएको छ ।
ऋणपत्र बैक तथा वित्तीय संस्था, गैर-बैक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न पाउने छन् । प्रत्येक ६ महिनामा ऋणपत्रको ब्याज भुक्तानी हुने व्यवस्था गरिएको छ ।
आन्तरिक ऋण उठाउन सरकारले राष्ट्र बैंकमार्फत विकास ऋणपत्र बिक्री गर्न लागेको हो । चालु आर्थिक वर्षमा सरकारले १ खर्ब ४५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य लिएको छ । यसमध्ये विकास ऋणपत्र बिक्रीबाट मात्रै ७२ अर्ब रुपैयाँ उठाउने छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.