विकासन्युजको सम्पादकमा बाबुराम खड्का नियुक्त

  २०७४ साउन २९ गते १२:५९     विकासन्युज

काठमाडौं । विकासन्युज डट कमको सम्पादकमा बाबुराम खड्का नियुक्त भएका छन् । विकास मिडिया प्रालिको सञ्चालक समितिको बैठकले उनलाई आइतबारदेखि लागू हुनेगरी सम्पादकमा नियुक्त गरेको हो ।

त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नाकोत्तरसम्म औपचारिक अध्ययन गरेका खड्का विगत १५ वर्षदेखि आर्थिक पत्रकारितामा क्रियाशिल छन् ।

नेपाल समाचारपत्रमा ७ वर्ष र कारोबार दैनिकमा ६ वर्ष व्यूरो चिफको रुपमा पत्रकारिता गरेका खड्का पछिल्लो समय बाह्रखरीमा आवद्ध थिए ।

विकास मिडियाका प्रबन्ध निर्देशक रामकृष्ण पौडेलले सम्पादक खड्कालाई स्वागत गर्दै नयाँ सम्पादकको नेतृत्वमा विकासन्युजले आर्थिक पत्रकारिताको क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

सो अवसरमा सम्पादक खड्काले सामूहिक प्रयास (टिम वर्क)मा जोड दिदै पाठकको चाहाना र भावना अनुसार आर्थिक विकास र समृद्धिलाई केन्द्रमा राखेर समाचार पस्कने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.