नेपाल बैंकले कमायो ३ अर्ब २१ करोड, बैंकको नाफा ११ प्रतिशले बढ्यो

  २०७४ साउन ३० गते ८:३७     विकासन्युज

काठमाडौं । नेपाल बैंक लिमिटेडले गत आर्थिक वर्षमाा ३ अर्ब २१ करोड ९५ लाख रुपैयाँ खुँद मुनाफा कमाएको छ । यो बैकको नाफा अघिल्लो वर्षको तुलनामा ११ दशमलव ६७ प्रतिशतले बढी हो ।

यो बैंकले गत वर्षभन्दा ३३ करोड ६५ लाख रुपैयाँल नाफा बढाएको छ । अघिल्लो वर्ष यो बैंकको नाफा २ अर्ब ८८ करोड २९ लाख रुपैयाँ थियो ।

यो बैंकले गत असारमसान्तसम्ममा ९३ अर्ब ९४ करोड रुपैयाँ निक्षेप संकलन गरेर ७४ अर्ब ३७ करोड रुपैयाँ कर्जा सापटी दिएको छ । यो बैंकले गरेको लगानी १२ अर्ब १६ करोड छ । बैंकको सीसीडी रेसियो ७० दशमलव ७९ प्रतिशत छ ।

यो बैंकको चुक्ता पुँजी ८ अर्ब ४ करोड रुपैयाँ छ । बैंकको जगेडा कोषमा ३ अर्ब ५१ करोड रुपैयाँ रहेको छ । यो बैंकको व्याज आम्दानी मात्रै ७ अर्ब ५६ करोड छ भने व्याजमार्फतको खर्च १ अर्ब ७२ करोड रुपैयाँ रहेको पनि उल्लेख छ ।

यसको खराव कर्जा ३ दशमलव १७ प्रतिशत रहेको छ । यो बैंकको प्रति सेयर आम्दानी ४० रुपैयाा ३ पैसा रहेको छ । यसको प्रति सेयर नेटवर्थ १४३ रुपैयाँ ६५ पैसा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.