१२६ प्रतिशतले नाफा बढाउने सोल्टीको प्रतिसेयर आम्दानी ३ रुपैयाँ मात्रै, होटलले कमाइ भने १८ करोड

  २०७४ साउन ३१ गते ८:२२     विकासन्युज

काठमाडौं । पाँचतारे होटल सोल्टीले गत आर्थिक वर्षमा १२६ प्रतिशतले नाफा बढाउन सफल भएको छ ।

यो होटलले गत वर्ष १० करोड २० लाख रुपैयाँले नाफा बढाएर १८ करोड २९ लाख पुराएको छ । यस्तो नाफा अघिल्लो वर्ष ८ करोड ८ लाख रुपैयाँ मात्रै थियो ।

२०७२ को भूकम्पपछि पर्यटन क्षेत्रमा परेको नकारात्मक प्रभावका कारण अघिल्लो वर्ष सोल्टीको नाफा घटेको थियो। गत वर्ष पर्यटकीय आगमनमा सुधार भएसँगै होटलले आफ्नो नाफा पनि बढाएको छ ।

यो होटलको कर अघिको नाफा २३ करोड ६६ लाख छ । होटलले गत आवको करका लागि पाँच करोड ३६ लाख छुट्याएको छ ।
यो होटलको सेयर पुँजी ५७ करोड ९१ लाख रुपैयाँ छ । यसको लगानी ८ करोड ३९ लाख रहेको छ । यो होटलको प्रति सेयर आम्दानी ३ रुपैयाँ १६ पैसा मात्रै रहेको छ । यसको प्रति सेयर अंकित मूल्य १० रुपैयाँ हो । प्रति सेयर नेटवर्थ २३ रुपैयाँ ९७ पैसा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.