नेपाल इन्स्योरेन्सले बढायो २३२ प्रतिशतले नाफा, ४ करोडको नाफा १५ करोड पुग्यो

  २०७४ साउन ३१ गते ८:४८     विकासन्युज

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले गत वर्ष २३२ प्रतिशतले नाफा बढाउन सफल भएको छ । यो बीमा कम्पनीको नाफा गत वर्ष १५ करोड ७१ लाख रुपैयाँ छ ।

यो बीमा कम्पनीले गरेको नाफा अघिल्लो वर्षको तुलनामा १० करोड ९८ लाख रुपैयाँ रहेको छ । गत वर्ष यो बीमा कम्पनीले ४ करोड ७३ लाख रुपैयाँ मात्रै नाफा गरेको थियो ।

यसको चुक्ता पुँजी २८ करोड ७६ लाख रुपैयाँ छ । यसले जगेडा कोषमा १८ करोड ५ लाख रहेको छ । यो बीमा कम्पनीले कुल ७४ करोड ३९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

यस्तो बीमाशुल्क आर्जन गर्ने यसले जारी गरेको विमालेखको संख्या भने ५३ हजार मात्रै छ ।

यसको नवीकरण गरिएको विमालेखको संख्या भने ५ हजार ८ सय १८ वटा मात्रै छ । यसको प्रतिसेयर आम्दानी ३७ रुपैयाँ ०९ पैसा रहेको छ । यसको प्रति सेयर नेटवर्थ १९२ दशमलव ८६ प्रतिशत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.