लाभग्राही सुचिमा नपरेका भूकम्प पीडीतका घरहरु जाँच्न पुनः इन्जिनियर खटाइँदै

  २०७४ साउन ३१ गते ११:१५     विकासन्युज

काठमाडौं । राष्ट्रिय पुननिर्माण प्राधिकरणले लाभग्राही सुचिमा नपरेका भुकम्पपीडीतका घरहरु इन्जिनियर खटाई पुनः जाँच गर्ने भएको छ । प्रभावित क्षेत्रमा साउन २६ गतेदेखि भदौ ३१ गतेसम्म इन्जिनियरहरु खटाउने भएको हो ।

प्राधिकरणबाट खटिएका इन्जिनियरहरुबाट भत्केको घरको छुट तथा पुनःजाँच सर्वेक्षण गराई अनुदान दिइने हुँदा सहभागी हुन पीडीतहरुलाई राष्ट्रिय पुननिर्माण प्राधिकरणले आहवान गरेको छ ।
गुनासो तथा दर्ता नगरेका घरधुरीले समेत नजिकैको वडा, गाउँपालीका वा नगरपालीकमा यथाशिघ्र गुनासो तथा दर्ता गराउन प्राधिकरणले ध्यानाकर्षण गराएको छ ।

थप जानकारीका लागि प्राधिकरणको टोल फ्रि नम्बर १६६००१७२००० वा ९८०१५७२१११ मा वा जिल्ला स्थित राष्ट्रिय पुननिर्माण प्राधिकरणमा सम्पर्क गर्न सकिने जानकारी दिइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.