बाढीग्रस्त क्षेत्रमा हुन थाल्यो लुटपाट, बाढीबाट बचेका अन्नपात जोगाउनै मुस्किल

  २०७४ साउन ३२ गते ६:३०     विकासन्युज

काठमाडौं । बाढीपीडितहरु आआफ्नो घर छोडेर बाहिरै बस्नुपरेको बाध्यता छ । बाढीबाट विस्थापित रौतहटके देबाही गोनाही गाविस ८ स्थित दोहारटोलमा चोरी हुन थालेको छ ।

बाढीबाट विस्थापित सो बस्तीमका एक सय ४० घरधुरीका परिवारले वडानम्बर २ बजारटोलका छिमेकी बस्तीमा आश्रय लिएपछि उनीहरुको घरमा चोरी भएको बताएका छन् ।

पानीको सतह घट्दै गए पनि उनीहरुको घर भत्किएका कारण आफ्नो घरमा फर्कन सक्ने स्थिति रहेको छैन ।पाँच दिनदेखि उनिहरु छिमेकी बस्तीको सुरेन्द्र पटेलको घरमा आश्रय लिएर बसिरहेका छन् ।

उनीहरुलाई सोही बास्तीका बासिन्दाले आश्रयसहित खाना पनि दिइरहेका छन् । सो बस्तीका चुल्हाइ पीडितले आफ्नो घरको गहुँलगायतका चोरी भएो बताएका छन् । बाढीले सबै बगाएका र भएका अन्नपात पनि विग्रएको कारण चोरी डकैति बढ्न थालेको छ । नेपाल समाचारपत्रबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.