बाढी विस्थापितको बिजोग: न खाद्यान्न, न अत्यावश्यक औषधि

  २०७४ साउन ३२ गते ६:५७     विकासन्युज

काठमाडौं । बाढीबाट बिस्थापित बस्तीका बालबालिका तथा बृद्धबृद्धा बिरामी पर्न थालेका छन् । कतै औषधीको खाँचो छ त कतै खाद्यन्नका लागि कोलहाल ।

एकातिर स्थानीय प्रशासनले पाँच दिन बित्न लाग्दा पनि राहत र बचाउको प्रभावकारी व्यवस्थापन गर्न सकेको छैन भने अर्कोतिर राहतको नाममा कमसल सामग्री वितरण गरिएका गुनासो पनि उत्तिकै सुनिएको छ ।

पछिल्लो तीन दिनदेखि छोरीलाई ज्वरो आएको छ तर अस्पताल जान सक्ने अवस्थामा छैन कोशी पश्चिम तटवन्धमा पाल टाँगेर परिवारसहित बस्दै आएकी सप्तरी बरनझुलाकी अनिलादेवी मुखियाले भनिन ।

घरमा अझैपनि पानी छ । एकातिर घरको चिन्ता अर्कातिर छोराछोरीको, औषधि पाएको भएपनि छोरीलाई दि दिन्थे उनले भनिन् । बरनझुलाबा करीब ४ सय बाढीपीडित यो स्थानमा तीन दिनदेखि बस्दै आएका छन् । नागरिक दैनिकबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.