२०७४ साउन ३२ गते १९:१५ विकासन्युज
काठमाण्डौं । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालले प्राकृतिक प्रकोपबाट पीडितकालागि राहत स्वरुप एक लाख रुपैयाँ दिने भएको छ ।
गत विहिबारदेखि अविरल वर्षका कारण आएको बाढीमा परेका मोरङ्ग जिल्लाका पीडित समुदायमा तत्काल राहत एक लाख एक हजार रुपैयाँ पुर्याउने निर्णय गरेको छ । बुधबार आयोजित समारोहमा राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालका अध्यक्ष बेद बहादुर लावतीले बैंक,बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ नेपाल(बिफु–नेपाल)का राष्ट्रिय अध्यक्ष नारायण प्रसाद सुवेदीलाई चेक हस्तान्तरण गरेका थिए ।
सो कार्यक्रममा बीफु नेपालका महासचिव योगेन्द्र बहादुर सिंह, रावा बैंक कर्मचारी संघ नेपालका बरिष्ट उपाध्यक्ष भरत प्रसाद भट्टराई, उपाध्यक्ष तोया शर्मा ढुङगेल, महासचिव हेमराज सुवेदी लगायत रावा बैंक कर्मचारी संघ नेपालका पदाधिकारीहरु लगायतको उपस्थिती रहेको थियो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.