कित्ताकाट गरी जग्गा बिक्रीवितरण गर्न नपाएकोमा घरजग्गा व्यवसायीको आपत्ति

  २०७४ भदौ २ गते १८:३४     विकासन्युज

काठमाडौं । घरजग्गा व्यवसायीले सरकारको जग्गाको कित्ताकाट गरी घडेरीको रुपमा बिक्री वितरण मा रोक लगाउने निर्णयको विरोध गरेको छ ।

भूमिसुधार तथा व्यवस्था मन्त्रालयले घरजग्गा व्यवसायीहरुले स्वतन्त्ररुपमा पेशा व्यवसाय गर्न पाउने हक र आमनागरिकलाई आफ्नो सम्पत्तिसम्बन्धी संवैधानिक तथा कानूनी हकको उपयोग गर्नबाट बञ्चित गरेको आरोप लगाउदै नेपाल जग्गा तथा आवास विकास संघले सो निर्णयप्रति आपत्ती जनाएको हो ।

मन्त्रालयले साउन २६ गते कृषियोग्य जग्गा कुनै पनि प्रकारले खण्डीकरण (कित्ताकाट) गरी घडेरीको रुपमा बिक्री वितरण गर्न÷गराउन रोक लगाउने निर्देशन जारी गरेको थियो । सरकारको यो कदमले सम्बन्धित निकायबाट कानून बमोजिम प्लानिङ्ग पर्मिट लिएका घरजग्गा व्यवसायीहरुलाई खिन्न र निरुत्साहित बनाएको उनीहरुको आरोप छ ।

साउन ३२ गते बसेको संघको कार्य समितिको बैठकमा संघका अध्यक्ष तथा व्यवस्थापिका–संसद्का सांसद ईच्छाराज तामाङ्गको नेतुत्वमा १७ सदस्यीय प्रतिनिधमण्डलले भूमिसुधार तथा व्यवस्था मन्त्री डा. गोपाल दहितज्यूलाई भेटी सो निर्देशन फिर्ता लिनका लागि आग्रह गर्दै ज्ञापनपत्र बुझाएको छ ।

मन्त्रीले उक्त निर्देशनका कारण कुनै बाधा नपुग्ने र कुनै बाधा अढ्चन परे त्यसलाई फुकाउन मन्त्रालय सकारात्मक रहेको आश्वासन दिएको संघले जानकारी दिएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.