२०७४ भदौ ४ गते १०:०४ विकासन्युज
काठमाडौं । कैलाश विकास बैंकले सस्तोमा सेयर कर्जा दिने योजना सार्वजनिक गरेको छ ।
बैंकले १२ प्रतिशतमा सेयर कर्जा दिने कैलाश सेयर लोन योजना ल्याएको जानकारी दिएको छ । हाल बजारमा सेयर कर्जा १५ प्रतिशत भन्दा कममा पाइन्न । याे समयमा बैंकले बैंकले १२ प्रतिशतमा सेयर कर्जा दिने याेजना ल्याएकाे छ ।
बैंकले बजार मूल्यकाे ५० प्रतिशत सम्म एक वर्षाकाे कर्जा दिने योजना ल्याएको हो । प्रक्रिया थालेको २ दिनमा सेयर कर्जा पाइने बैंकले जानकारी दिएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.