२०७४ भदौ ४ गते १२:२७ विकासन्युज
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा वीरेन्द्र वैदवार नियुक्त भएका छन् ।
कामू सिईओको रुपमा कार्यरत वैदवारलाई भदौ १ गतेको सञ्चालक समिति बैठकले आउदो ४ वर्षका लागि सिईओ बनाएको हो ।
बैदवार विगत १० वर्षदेखि सोही कम्पनीको कार्यरत छन् । बरिष्ठ प्रबन्धकबाट सो कम्पनीमा प्रवेश गरेका उनी सहायक महाप्रवन्धक हुँदै करिव तीन वर्ष कामु प्रमुख कार्यकारी अधिकृत भएर काम गरेका छन् ।
उनको नेतृत्वमा कम्पनीको प्रर्फमेन्स धेरै राम्रो देखिएकोे छ । कुल प्रिमियम आम्दानी लगायत धेरै सूचकांकका सिद्धार्थ इन्स्योरेन्स दोस्रो स्थानमा रहेको छ ।
बैद्यवारले आगामी चार वर्ष सो कम्पनी हाँक्ने अख्तियारी पाएका छन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.