प्रधानमन्त्री भारत भ्रमणमा चेम्बर पनि सहभागी हुने, जीएसटीबारे छलफल गरिने

  २०७४ भदौ ६ गते १७:४७     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउबाको बुधबारदेखि हुने भारत भ्रमणमा नेपाल चेम्बर अफ कमर्सले भाग लिने भएको छ । भ्रमणमा चम्बरका तर्फबाट सात जना प्रतिनिधिहरु सहभागी हुने भएका छन् ।

चेम्बरका अध्यक्ष डा राजेश काजी श्रेष्ठको नेतृत्वमा वरिष्ठ उपाध्यक्षसहितको सात जनाको भ्रमण प्रतिनिधिमण्डलमा वरिष्ठ उपाध्यक्ष लोकमान्य गोल्छा, कार्यसमिति सदस्यहरु किशोर कुमार अग्रवाल, नरेश श्रेष्ठ र दीपक मलहोत्रा रहेका छन् । साथै सम्वद्ध सदस्यद्धय शिवजी राय यादव र डि एम श्रेष्ठ पनि भ्रमण प्रतिनिधिमण्डलमा सहभागी हुने छन् ।

प्रतिनिधिमण्डलले नेपाल चेम्वर अफ कमर्ससँंग समझदारी पत्र (एमओयू) भएको भारतको नयाँं दिल्लीस्थित पीचडी चेम्वर अफ कमर्ससँंग जीएसटीबारे छलफल गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.