२०७४ भदौ ९ गते २०:०४ विकासन्युज
काठमाडौं । अग्नि ग्रुपले नुवाकोटको बट्टारमा महिन्द्राका युटिलिटि भेइकल्सका लागि आफ्नो आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । कम्पनीले आधारिकारिक सर्भिस सेन्टरका रुपमा उत्सुक अटोमोबाइल्स् प्रा.लि.लाई नियुक्त गरेको हो ।
उक्त सर्भिस सेन्टरको उद्घाटन विदुर नगरपालिकाका मेयर सन्जु पण्डित तथा उद्योग बाणिज्य संघ नुवाकोटका अध्यक्ष तारा बहादुर कार्कीले गरेका थिए ।
नयाँ स्थापना गरिएको सर्भिस सेन्टरबाट महिन्द्रा युटिलिटि भेइकल्सहरुको सर्भिसिङ्ग तथा जेन्यून स्पेयर पार्ट उपलब्ध हुने छन् ।अग्नि ग्रुपको मुख्य उद्देश्य भनेकै ग्राहकहरुलाई सहज एवं गुणस्तरीय सेवा प्रदान गर्नु रहेको छ साथै उक्त सर्भिस सेन्टरले नुवाकोट तथा तथा आसपासका वासिन्दाहरुलाई न्यूनतम मूल्यमा विश्वस्तरीय सेवा तथा सुविधा पाउने विश्वास लिएको कम्पनीले जनाएको छ ।
अग्नि ग्रुप प्रा.लि अन्तर्गतअग्नी इन्कर्पोरेटेड प्रा.लि., अग्नि इनर्जी प्रा.लि., अग्नि मोटोइन्क प्रा.लि., बालाजू अटो वक्र्स प्रा.लि.रहेका छन् । यी कम्पनीहरुले महिन्द्रा युटिलिटि भेइकल, ट्र्याक्टर, टुह्वीलर तथा विद्युतीय कार तथा जेनेरेटरहरु विक्री वितरण गर्दै आएका छन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.