२०७४ भदौ १० गते ११:५० विकासन्युज
काठमाडौं । सरकारले चलचित्र विकास बोर्डको अध्यक्षको पदपुर्तिका लागि आवेदन मागेको छ । सूचना तथा सञ्चार मन्त्रालयले प्रतिस्पर्धाबाट बोर्डको अध्यक्ष नियुक्त गर्न लागेको हो ।
न्युनतम स्नातक उतिर्ण गरेको र चलचित्र क्षेत्रको प्रवद्र्धनमा १० वर्ष लागेको व्यक्तिले भाग लिने पाउने भएका छन् । मन्त्रालयले १५ दिनभित्र आवेदन दिन भनेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.