कोरियन विद्युतिय कार नेपाली बजारमा, मूल्य आधा करोड

  २०७४ भदौ १२ गते १५:०८     विकासन्युज

काठमाडौं । कोरियाली मोटर निर्माता कम्पनी कियाका विद्युतिय कार नेपाली बजारमा भित्रिएका छन् । कन्टिनेन्टल मल्टि ट्रेडिङ इन्टरप्राइजेज प्रालिले कियाको विद्युतिय कार नेपाली बजारमा भित्र्याएको हो ।

सोल इभी सेगमेन्टमा २ वटा विद्युतिय कारको मूल्य ५६ लाख र ५८ लाख तोकिएको छ । विद्युतिय कारसँगै कम्पनीले किया मोटरको नयाँ शोरुमको उद्घाटन पनि गरेको छ ।

कार्यक्रममा बोल्दै कम्पनीका अध्यक्ष सुरिद घिमिरेले सोल इभी मोटरर्स अन्य मोटरको तुलनामा धेरै आरामदायी भएको बताए ।“बजारमा धेरै खालका मोटर छन, त्यसमा पनि विद्युतिय मोटरहरु केहि छन तीमध्ये सोल छुट्टै बिशेषता र सुबिधा भएको कार हो”, अध्यक्ष घिमिरेले भने ।

नेपाल आत्मनिर्भर बन्ने बाटोमा अघि बढेकाले विद्युतिय सवारी साधनको माग बढ्ने अनुमान सहित नयाँ कार भित्र्याएको उनले बताए ।“पेट्रोलियम इन्धनको अभाव भैरहने हाम्रो मुलुकमा विद्युतिय सवारी साधनको राम्रो सम्भावना छ, यसले देशलाई आत्मनिर्भर पनि बनाउनेछ भन्ने विश्वास लिएका छौं”, घिमिरले भने ।

किया मोटर कोरियाको पुरानो मोटर उत्पादक कम्पनी हो । कियाका विद्युतिय कार भारतमा भन्दा पहिले नेपाली बजारमा उपलब्ध गराएको पनि उनले बताए ।

यी विद्युतिय गाडीलाई घरमै चार्ज गरेर गुडाउन सकिने कम्पनीले जनाएको छ । कम्पनीले ५ वर्ष पछि मोटर चार्ज गर्नको लागि दुर्गम तथा टाढाको ठाउँमा पनि चार्जीङ स्टेशनको व्यवस्था गर्ने लक्ष्य राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.