२०७४ भदौ १५ गते ९:३७ विकासन्युज
काठमाडौं । नेपाल बैंक लिमिटेडले डिप्रोक्स लघुवित्त विकास बैंकको १ लाख ८० हजार ३७८ कित्ता सेयर लिलामीमा राखेको छ । सर्वसाधारण समूहको उक्त सेयरको न्यूनतम मूल्य १ हजार २०० तोकेर बढाबढ मूल्यमा लिलामीमा राखिएको छ ।
एक वर्षअघि करिव ३ हजार २०० मा कारोबार भएको यो सेयरको मूल्य आधाभन्दा कम भएपछि नेपाल बैंकले लिलामीमा राखेको हो । एक वर्षअघि अर्थात २०७३ भदौ १९ गते यस लघुबित्तको सेयर प्रतिकित्ता ३ हजार २०२ रुपैयाँसम्ममा कारोबार भएको थियो । उक्त सेयर बुधबार प्रतिकित्ता १४२५ रुपैयाँमा कारोबार भएको छ ।
डिप्रोक्सको सेयर बेचेर नेपाल बैंकले कम्तिमा २२ करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको छ । सेयर आवदेनको लागि असोज ४ गतेसम्ममा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलमा आवेदन गर्न सकिने नेपाल बैंकले जनाएको छ । उक्त सेयर न्यूनतम १०० र अधिकत सबै किन्नको लागि आवेदन गर्न सकिने बैंकले जनाएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.