२०७४ भदौ १६ गते ९:५१ विकासन्युज
काठमाडौं । नेपाल ग्रामीण विकास बैंकले भदौ २७ गतेदेखि एफपीओ निश्कासन गर्ने भएको छ । बैंकले प्रतिकित्ता १०० रुपैयाँमा एफपीओ बिक्री गर्न लागेको हो ।
बैंकले ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता एफपीओ निश्कासन गर्न लागेको छ । सेयर निश्कासन असोज १० गतेसम्म बन्द हुने छ ।
सेयर निश्कासनपछि पुँजी ५५ करोड ७५ लाख रुपैयाँ पुग्ने छ । संस्थापकको ७० र सर्वसाधरणको ३० प्रतिशत स्वामित्व हुने गरी लगानी संरचना तयार गरिएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.