२०७४ भदौ २३ गते १३:२२ विकासन्युज
काठमाडौं । लुम्बिनी बिकास बैंकले कुरिन्टारमा शाखा विस्तार गरेको छ । स–साना निक्षेप परिचालन तथा कृषि एवं साना ब्यवसायमा कर्जा लगानी गरि त्यस भेगका बासिन्दाहरुमा बैंकिङ्ग सेवाको पहुँच अभिबृद्धि गर्ने उद्धेश्यका साथ उक्त शाखालाई सञ्चालनमा ल्याइएको हो ।
यस विकास बैंकले उक्त शाखा कार्यालयहरुबाट विभिन्न प्रकारका निक्षेप तथा कर्जा सुविधाका साथै एबीबीएस, मोबाइल बैंकिङ, रेमिट्यान्स, लकर्सलगायतका सेवाहरु उपलब्ध गराउँदै आएको तथा निरन्तर रुपमा आफ्नो सेवालाई आधुनिकीकरण गर्दै लगेको छ । बैंकको केन्द्रीय कार्यालय काठमाण्डौंको डिल्लिबजारमा रही देशका विभिन्न भागमा कुल ५५ वटा शाखा सञ्जालहरु र १२ वटा एटीमबाट बैकिङ्ग सेवाप्रदान गर्दै आएको बैंकले जानकारी दिएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.