एनआईसी एशिया बैंकले गर्यो ४ पटकमा १ करोड १० लाख डलर आयात

  २०७४ भदौ २३ गते १६:३९     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले विदेश जाने नेपालीका लागि आवश्यक पर्ने डलरको माग पूरा गर्न डलरको आयात गरेको छ ।  डेढ महिनाभित्र बैंकले १ करोड १० लाख डलर आयात गरिसकेको छ ।

डेढ महिनाअघि ल्याएको ६० लाख डलर सटही भइसकेपछि पुनः ५० लाख डलर आयात गरेको बैंकका कर्पोरेट कम्युनिकेसन प्रवन्धक मेघेन्द्रप्रकाश गिरीले बताए । थप डलर आयातका लागि पनि तयारी भइरहेको उनले जानकारी दिए ।

बैंकले दशैं तथा तिहारको अवसर पारेर बिदा मनाउन विदेश जानेको संख्यासंगै र डलरको माग पनि बढ्ने भएपछि चौथो पटक ५० लाख डलर आयात गरी ग्राहकहरुलाई उपलब्ध गराउन थालेको हो ।

यसअघि बैंकले तीन पटक गरेर ६० लाख नगद डलर आयात गरी नेपाली ग्राहकहरुलाई उपलब्ध गराइसकेको बैंकले बताएको छ । बैंकले काठमाडौं उपत्यकाका सबै शाखामा प्रशस्त मात्रामा नगद डलर रहेकाले कुनै पनि ग्राहकले डलर नपाएर फर्कनुपर्ने अवस्था नरहेको बताएको छ ।

यसअघि नगद अमेरिकी डलरको अति न्यून मात्रामा आपूर्ति भएका कारण ग्राहकलाई पर्न गएको असजतालाई सम्बोधन गर्न नेपाल राष्ट्र बैंकले ‘क’ वर्गका बैंकलाइ डलर आयात गर्न अनुमति दिएपछि विदेशबाट डलर आयात गर्ने थालेको हो । यस्तो कारोबारमा एनआईसी एशिया पहिलो बैंक बनेको छ ।

डलर साट्न आउने ग्राहकले साथमा पासपोर्ट र हवाई टिकेट पनि लिएर आउनुपर्ने बैंकले जनाएको छ । कागजात पूरा गरी आउनेलाई नियमानुसार २ हजार ५ सय डलरसम्म उपलब्ध गराउन सकिने बैंकले जानकारी दिएको छ ।

बैंकले हालका लागि काठमाडाैं भित्रका ३२ शाखा कार्यालयबाट सहज रुपमा उपलब्ध गराउने व्यवस्था मिलाएको छ ।  विदेश जाने ग्राहकहरुलाई भीसा इन्टरनेसनलेको डेविट कार्डमार्फत पनि अमेरिकी डलर सटही सुविधा प्रदान गर्दै आएको बैंक जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.