२०७४ भदौ २५ गते ८:३६ विकासन्युज
काठमाडौं । फस्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको आठौ वार्षिक साधारणसभा असोज ८ गते हुने भएको छ । गत आर्थिक वर्षको सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने कार्यक्रम छ ।
सभामा गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित हुने छ । चुक्तापुँजी बढाउनका लागि २ बराबर १ अनपातमा हकप्रद सेयर निष्कासनका लागि सञ्चालक समितिलाई सभाले अख्तियारी प्रदान गर्ने छ ।
संस्थाले चुक्तापुँजी बढाएर ६८ करोड ४३ लाख रुपैयाँ पु¥याउने योजना छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.