२०७४ भदौ २६ गते १३:३७ विकासन्युज
काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले सेयरधनीलाई ३० प्रतिशत बोनस सेयर दिने भएको छ ।
बैंकको आइतबार सम्पन्न १९५ औ सञ्चालक समिति बैठकले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई ११ करोड ५८ लाख रुपैयाँ बराबर बोनस सेयर दिने प्रस्ताव गरेको हो ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृति र वार्षिक साधारणसभाले अनुमोदन गरेपछि बैंकले लाभांश वितरण गर्ने छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.