एक्सेल डेभलपमेन्ट बैंकले असोज १८ देखि हकप्रद सेयर निष्कासन गर्दे

  २०७४ भदौ २९ गते ९:३३     विकासन्युज

काठमाडौं । चुक्तापुँजी बढाउन एक्सेल डेभलपमेन्ट बैंकले हकप्रद सेयर निष्कासन गर्न लागेको छ ।

बैंकले आउदो असोज १८ गतेदेखि हकप्रद बिक्री खुला गर्न लागेको हो । २ बराबर १ अनुपातमा १९ लाख २२ हजार ८१२ कित्ता हकप्रद सेयर बिक्री गर्दे छ ।

हकप्रद बाँडफाँडपछि बैंकको चुक्तापुँजी ५७ करोड ६८ लाख ४३ हजार रुपैयाँ पुग्ने छ ।

अब बैंकको पुँजी संरचना ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत सर्वसाधारणको लगानी हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.