२०७४ भदौ ३० गते ९:०५ विकासन्युज
काठमाडौं । कामना विकास बैंकले बिक्री नभएका हकप्रद सेयर लिलामी गर्ने भएको छ ।
बैंकको बिक्री हुन बाँकी ४५ हजार ४८७ कित्ता संस्थापक र साधारण हकप्रद सेयर बिक्री गर्नका लागि बोलपत्र आब्हान गरेको छ ।
बैंकले आउदो ८ गतेदेखि बोलपत्र पेश गर्न खुला हुने र असोज २२ गतेसम्म बोलपत्र पेश गर्ने मिति तोकेको छ ।
बैंकले संस्थापक सेयर २७ हजार १२० र सर्वसाधारण सेयर १८ हजार ३६७ कित्ता बिक्री गर्न लागेको हो ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.