२०७४ असोज ९ गते १४:०२ विकासन्युज
काठमाडौं । एनएमबि बैंकले मोबाइल बैंकिङबाट नेपाल विद्युुत प्राधिकरणको बिल भुक्तानीे सेवा शुरु गरेको छ । अब एनएमबि बैंकका ग्राहकहरुले बिना झन्झट मोबाइल बैंकिङमा लग इन गरी काउन्टरको नाम, एस् सि नम्बर र उपभोक्ता संख्या राखेर बिल रकम हेर्न सक्ने र आफ्नो खातामा रहेको मौज्दातबाट सो को भुक्तानी गर्न सक्नेछन् ।
साथै, यस बिल भुक्तानी सेवाले ग्राहकलाई थप झन्झट रहित बैंकिङको अनुभव गराउने बैंकका सिइओ सुनिल केसीले बताएका छन् । यस बैंकले लगातार आफ्नो सेवा सुबिधालाई डिजिटल प्रबिधी प्रयोग गरी सरल सुलभ र उत्कृष्ट बनाउँदै लगेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.