२०७४ असोज २० गते १०:३० विकासन्युज
काठमाडौं । स्टार लाइफ इन्स्योरेन्सले आफ्ना नाम परिवर्तन गरेको छ । कम्पनीको बिहिबार सम्पन्न बिशेष साधारण सभाले नाम परिवर्तन गरेर प्रभु लाइफ इन्स्योरेन्स बनाउने निर्णय गरेको हो ।
भर्खरै सञ्चालन अनुमति पाएको स्टार लाइफले नाम परिवर्तनका लागि बीमा समितिमा अनुमति मागेको थियो । समितिको अनुमतिपछि कम्पनीले नाम परिवर्तन गरेर प्रभु इन्स्योरेन्स काम गरेको हो ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.