एनसेलबाट तीनमहिनासम्म निशुल्क आईफ्लिक्स चलाउन पाउने, ५० रुपैयाँ १ घण्टाको भिडियो प्याक  

  २०७४ असोज २५ गते १९:५१     विकासन्युज

काठमाडौं । अब एनसेलका ग्राहकले विहीबारदेखि तीन महिनासम्म आइफ्लिक्सका सेवा निशुल्क चलाउन पाउनेछन् । एनसेल र आइफ्लिक्सबीच बुधबार सहकार्य गर्ने समझदारी भएको छ ।

तीन महिनाको समयावधिमा एनसेलका ग्राहकले राती १२ बजे देखि बिहान ५ बजे सम्म एनसेलको डेटा सेवा प्रयोग गरी आईफ्लिक्समा रहेको कुनै पनि सामाग्री निःशुल्क हेर्न तथा डाउनलोड गर्न सक्नेछन् । यसका साथै एनसेलका फोरजी ग्राहकले हरेक दिन बिहान ५ बजे देखि बेलुका ५ बजे सम्म थप २ घण्टा आईफ्लिक्सको निःशुल्क सेवा लिन सक्ने कम्पनीले जानकारी दिएको छ ।

एनसेलले आईफ्लिक्स अफर ल्याइएको अवसरमा कर सहित ५० रुपैयाँमा १ घण्टाको भिडियो प्याक पनि ल्याएको छ ।यो प्याक अन्तर्गत ग्राहकले  आईफ्लिक्समा रहेका कन्टेन्टहरु  मध्य कुनै पनि कन्टेन्टको एक घण्टा सम्म लिन सक्नेछन् र ग्राहकले आफ्नो आवश्यकता अनुसार यो प्याकजति पटक पनिलिन सक्नेछन् ।

‘‘आफ्ना ग्राहकलाई विश्वस्तरीय मनोरञ्जन प्रदानगर्न आईफ्लिक्ससँग सहकार्य गर्न पाउँदा हामी निकै हर्षित छौं । देशको विभिन्न १९ सहरमा फोरजी सेवाविस्तार पश्चातगरिएको यो सहकार्य डिजिटल नेपालनिर्माणको कार्यमा योगदान पुर्याउनएनसेल प्रतिबद्घ रहेको प्रमाण हो र यो सेवाले डेटा तथा कन्टेन्टको बढ्दो मागलाई सम्बोधन गर्नेछ,’’ एनसेलका कर्पोरेट सर्भिसेस् डाइरेक्टर प्रणय आचार्यले भने ।

नेपालमा आईफ्लिक्स सेवाको शुरुवात भएको अबसरमा, थुप्रै चर्चित सिनेमा तथा टीभी शोहरु नेपाली सब टाइटलमा पनि उपलब्ध हुनेछन् ।

“आईफ्लिक्स स्थानीय ग्राहकहरुको मनोरञ्जनको माग पुरा गर्न अत्यन्त संवेदनशील छ । हाम्रो सामग्रीको विशाल संकलनबाट विश्वका उत्कृष्ट टीभी शो तथा सिनेमा नेपाली दर्शक तथा ग्राहकलाई आफ्नै रोजाईको डिभाइसमा डाउनलोड वा स्ट्रिम गर्ने सुविधा प्रदान गर्न हामी दत्तचित्त भएर लागेका छौं । यस सेवाको लागि एनसेल, नेपालको अग्रणी मोबाइल सेवा प्रदायकसँग सहकार्य गर्न पाउँदा हामी अत्यन्त हर्षित छौं, ” आईफ्लिक्सकालागि नेपालकी कन्ट्री लीड भावना घिमिरेले भनिन् ।

कम्पनीका अनुसार ग्राहकले गुगल प्ले वाआइओएस एप्पल स्टोरमागई सजिलै आईफ्लिक्स एप डाउनलोड गर्न सक्छन् र आफ्नो इमेल वा फेसबुक अकाउन्ट प्रगोग गरी एपमा रजिष्टर गर्न सक्नेछन् । एप डाउनलोडगर्दा र कन्टेन्टहरु हेर्दा विद्यमान डेटा शुल्क लाग्नेछ । एक पटकमा ग्राहकले आफ्ना ५ वटा सम्म डिभाइसमा जस्तै मोबाइल, ट्याबलेट, ल्यापटप, डेस्कटप र टीभीमा आईफ्लिक्सको सुविधा लिन सक्छन् र एकै साथै दुई वटा डिभाइसमा विभिन्न सामाग्रीहरु हेर्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.