चुनावी दौडमा अर्थमन्त्री ज्ञानेन्द्र कार्की, सुनसरी–४ बाट प्रत्यक्षका लागि सिफारिस

  २०७४ असोज २५ गते २०:०३     विकासन्युज

काठमाडौं । कांग्रेसले सुनसरी-४ प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फबाट चुनाव लड्नका लागि अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई सिफारिस गरेको छ ।

कांग्रेसले निर्वाचनमा लड्ने जिल्लाका प्रतिनिधिसभा र प्रदेशतर्फका प्रत्यक्ष तथा समानुपातिकका लागि पार्टीमा कृयाशील रहेका सबै आकाँक्षीहरुमध्येबाट छनौट गरेर उम्मेरवारहरुमा अर्थमन्त्री सहित उम्मेदवार सिफारिस गरेको हो ।

यसै क्रममा युवा नेता बाबुराम आचार्य पनि क्षेत्र नम्बर ४ बाट सिफारिस भएका छन् । गाँउबाट प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फबाट सिफारिस भएर आएपनि जिल्लासंगको समन्वयमा उक्त क्षेत्रमा अर्थमन्त्री कार्कीले निर्वाचनमा लड्ने मनशाय देखाएर नाम सिफारिस गरेपछि समानुपातिकमा नाम सिफारिस गर्न आचार्य सहमत भएका हुन् ।

२० बर्षदेखी निरन्तर पार्टीमा सकृय युवा नेता आचार्य (महेन्द्रनगर चक्रघट्टी) हाल बराह नगरपालिका ७ का स्थायी बासिन्दा हुन् । महेन्द्र मोरङ क्याम्पसमा नेबिसंघ राजनीतिमा सकृय भएका नेता आचार्य हाल तरुणदलमा सकृय छन् ।

जिल्लाबाट सिफारिस भएर आएका आचार्यलाई उनले विगतमा गरेको योगदानका कारण समानुपातिक उम्मेदवारका रुपमा छनौट गर्ने बलियो संभाबना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.