२०७४ असोज २६ गते १३:२५ विकासन्युज
काठमाडौं । सरकारले राती १० बजेपछि देउसी भैलो खेल्न रोक लगाएको छ । गृह मन्त्रालयले शान्ती सुरक्षालाई दृष्टिकगत गर्दै देउसी भैलो लगायतका सांस्कृतिक कार्यक्रमहरु राती १० बजेसम्म मात्र गर्न आग्रह गरेको हो ।
मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै मन्त्रालयले तिहारमा राती अबेरसम्म देउसीभैलो गर्दा अवान्छित गतिविधीमा संलग्न व्यक्तिहरुले शान्ति सुरक्षामा प्रतिकुल असर पार्न सक्ने जनाएको छ ।
मन्त्रालयले तिहार र छठमा भूइचम्पा, पटाका र अतिसवाजी जस्ता विस्फोटक पदार्थको किनबेच तथा प्रयोग नगर्न आग्रह गरेको छ । यस्ता पदार्थले सर्वसाधरणको स्वास्थ्य तथा सुरक्षामा प्रतिकुल असर पर्ने, चोटपटक लाग्ने तथा आगलागी भई जनधनको क्षति हुनसक्ने भएकोले विस्फोटक पदार्थको उत्पादन, आयात, निर्यात, बिक्री वितरण, ओसारपसार तथा प्रयोग गर्न प्रतिबन्ध लगाएको छ ।
यदी यस्ता गतिविधी गरेको पाइएमा कानुन बमोजिम कारबाही गरिने मन्त्रालयले जानकारी दिएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.