सगुनमा दोस्रो चरणको लगानी गर्ने समय नोभेम्वर ३० सम्म

  २०७४ असोज २६ गते १६:४९     विकासन्युज

काठमाडाै‍‌‍ । सोसल कमर्स सञ्जाल सगुनले हालै खुल्ला गरेको लगानी अवसरलाई अागामी नोभेम्वर ३० सम्म कायम राख्ने भएको छ । लगानीको दोस्रो चरणको समाप्तीसँगै सगुनले डिसेम्वरको दोस्रो हप्तासम्म बहुप्रतीक्षित मोबाइल एप सार्वजनिक गर्ने भएको छ ।

प्रतिशेयर २३ अमेरिकी डलरमा सर्वसाधारणले खरिद गर्न सक्ने ग श्रेणीको सामान्य शेयरका लागि यस चरणमा न्युनतम १ हजार अमेरिकी डलरको शेयर खरिद गर्नुपर्ने सगुनले जनाएको छ । यस चरणमा सगुनले लगानी गरिने रकम क्रेडिट र डेविट कार्ड, एसीएच्, बैंक तथा चेकमार्फत् हुने भुक्तानीबाट स्वीकार गरेको छ। सगुनले आफ्नै वेबसाइटबाट शेयर जारी गरेको छ जहाँ लगानीको बारेमा आवश्यक पर्ने जानकारी पढ्न तथा डाउनलोड गर्ने व्यवस्था उपलब्ध छ ।

सगुनमा संसारभरबाट लगानीकर्ताले लगानी गरेका छन्। तीमध्ये अधिकांश अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, दक्षिण कोरिया, भारत तथा मध्यपूर्वका रहेका छन् । यसमा रहेका शेयरधनीहरुमध्ये अधिकांश यसका प्रयोगकर्ता र समर्थक रहेका छन् । थप व्यक्तिहरु दैनिक रुपमा यससँग जोडिने क्रम जारी रहेको छ। पहिलो चरणमा ३ हजार भन्दा बढीले लगानी गर्न चाहे पनि फर्म भरेर बैकसम्म पुगेर बैक मार्फत वायर टान्फर गर्नु पर्ने झन्झटका कारण लगानी गर्न छुटेका थिए । यस चरणमा क्रेडिटर डेविट कार्ड मार्फत समेत लगानी गर्न सकिने भएपछि लगानीकर्तालाई सहज हुने अनुमान सगुनले गरेको छ । पहिलो चरणमा लगानि गर्न छुटेकाहरुले पनि पनि यस चरणमा लगानी गर्न सक्ने बताइएको छ।

यसबीचमा सगुनले  कर्मचारी संख्यालाई १२ बाट ४२ पुर्याएको छ र आफ्नो मोबाइल एप बनाउनको लागि १० लाख अमेरिकी डलर खर्च गरिरसकेको छ । यो एप सबैले एकदमै रुचाउने एप हुने सगुनले विश्वास गरेको छ । सगुनले इन्डिएन इन्स्टिच्युट अफ टेक्नोलोजी, दिल्लीसँग ब्याट्री रिचार्ज गर्ने प्रविधि, आर्टिफिसिएल इन्टेलिजेन्स, सेमान्टिक वेब, प्राकृतिक भाषा प्रसोधन क्षमतामा सहकार्य गर्ने निर्णय समेत गरेको छ ।

सगुनका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत गोविन्द गिरीले भने, ‘बिश्वभर रहेका सामाजिक सञ्जाल प्रयोगकर्ताका कतिपय समस्याहरुको समाधान गर्न र प्रयोगकर्ताका आवश्यकतालाई ध्यान दिने कम्पनीको रुपमा आफूलाई विकास गर्न लागिपरेका छौँ ।’

गिरीले थपे, ‘हाम्रा शेयरधनीहरुको मूल्यलाई दीर्घकालीन रुपमा बढाउन लागिपरेका छौं। यसका लागि अझै केहि समय लिन्छ । गत आठ महिना हाम्रो उत्साहका महिनाहरु भए । हामीले भारतमा यस क्षेत्रका एकदमै प्रतिभावान कर्मचारीहरुलाई नियुक्त गरेका छौं । हामीले पृष्ठभूमिमा काम गर्ने प्राविधिक पूर्वाधार तयार गरेका छौं जसले लाखौं प्रयोगकर्ताहरुको वेब ट्राफिक, किनबेच तथा अन्य सेवालाई सहजै धान्न सक्छ ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.