२०७४ असोज २६ गते १७:२६ विकासन्युज
काठमाडौं । पाकिस्तानले नेपालमा भर्खरै गएको बाढीबाट पीडितको पुनरावास तथा पुननिर्माणका लागि १० लाख अमेरिकी डलर (करिब १० करोड रुपैयाँ) रकम सहयोग गर्ने भएको छ ।
अमेरिकाको न्यु योर्कमा संयुक्त राष्ट्रसंघको सम्मेलनमा बाढीपीडितप्रति दुख व्यक्त गर्दै पाकिस्तानका प्रधानमन्त्री शाहिद अब्बासीले सो रकम सहयोग गर्ने घोषणा गरेका हुन् । पाकिस्तानले हरेक विपत्तीमा नेपालका लागि असल मित्रको रुपमा खडा रहने अब्बासीले बताएका छन् ।
यसअघि पाकिस्तानका विदेशमन्त्रीले पाकिस्तानी राजदुतावासमार्फत विदेशमन्त्री कृष्ण बहादुर महरालाई आफ्नो समवेदना प्रकट गरेका थिए ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.