१० वर्षअघिको साधारणसभा गर्दे बीमा संस्थान, ४२ प्रतिशत बोनस सेयर दिने

  २०७४ असोज २७ गते ११:१४     विकासन्युज

काठमाडौं । सरकार स्वामित्वको राष्ट्रिय बीमा संस्थाले १० वर्षको वार्षिक साधारणसभा गर्ने भएको छ ।

संस्थानले कात्तिक १७ गते १ दशकअघिको ३० औं साधारणसभा गर्ने भएको छ । संस्थाले आर्थिक वर्ष ०६३/०६४ देखि ०६५/०६६ सम्मको ३ वर्षको वार्षिक साधारणसभा एकै पटक गर्ने भएको हो ।

कम्पनीले आव ०५८/०५९ देखि ०६३/०६४ सम्म कायम रहेको चुक्तापुँजीको ४२.११ प्रतिशतका दरले हुन आउने ५ करोड १७ लाख २० हवजारबोनस सेयर वितरण गर्ने प्रस्ताव सभामा पेश गर्ने भएको छ ।
संस्थानले आव ०७१/०७२ देखिको लेखापरीक्षण गर्नका लागि परीक्षण नियुत्त गरेको छ । महालेखा परीक्षकको कार्यलयले कार्वाहीको चेतावनी दिएपछि संस्थानले लेखापरीक्षक नियुक्त गरेर काम अघि बढाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.