एनएलजी इन्योरेन्सको मोबाइल एप्स सञ्चालनमा, बीमाको सम्पूर्ण जानकारी पाइने

  २०७४ असोज २७ गते १३:३१     विकासन्युज

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘एनएलजी मोबाइल एप्स’ सार्वजनिक गरेको छ । यस मोबाइल एप्सबाट कम्पनीले दिने बीमा सेवाको बारेमा जानकारी प्राप्त गर्न सकिने भएकाे छ ।

मोबाइल एप्स मार्फत ग्राहकहरुले बीमा गर्न चाहेका सम्पत्तिहरुको बीमा शुल्क गणना गर्नुका साथै विभिन्न प्रकारका बीमा लेखहरुका बारेमा अावश्यक जानकारी प्राप्त गर्न सक्नेछन् । साथै, बीमा लेखले गर्ने जोखिम बहनका बारेमा जानकारी लिनसक्ने व्यवस्था समेत एप्समा रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार निकट भविष्यमा यस एनएलजी एप्सबाट सम्बन्धित ग्राहकले आफ्नो बीमा लेखको तथा दाबी भुक्तानी प्रकृयाका बारेमा समेत थप जानकारी प्राप्त गर्न सक्ने छन् ।

उक्त एप्स गुगल प्लेमा गई एनएलजी एप्स डाउनलोड गरि प्रयोगमा ल्याउन सकिने र एकपटक डाउनलोड गरिसकेपछि सोही एप्सलाई अफ लाइनमा समेत प्रयोगमा ल्याउन सकिने कम्पनीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.