२०७४ असोज २७ गते १६:५९ विकासन्युज
काठमाडौं । नेसनल बैंकिङ्ग ईन्ष्टिच्युट (एनबीआई) को अध्यक्षमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलालाई मनोनित गरिएको छ ।
संचालक समितिको सदस्यमा एभरेष्ट बैंकका नायव महाप्रबन्धक राजीव जैन, लक्ष्मी बैंकका नायव महाप्रबन्धक सुमेद भट्टराई र रुरल माक्रोफाइनान्स डेभलपमेन्ट सेन्टर लिमिटेडका नायवप्रमुख कार्यकारी अधिकृत रामदयाल राजवंशी नियुक्त भएका छन् ।
पूर्वबैंकर उपेन्द्र पौडेलको सदस्यता भने संचालक समितिमा यथावत नै रहेको एनबीआईले जनाएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.