२०७४ असोज २९ गते १४:२३ विकासन्युज
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले १० वटा कानुनमा हस्ताक्षर गरेकी छिन् । राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपति भण्डारीले व्यवस्थापिका संसदले पारित गरेका १० वटा बिधेयकमा लालमोहर लगाएकी हुन् ।
नेपालको संविधानको धारा ११३ को उपधारा (२) ले संसदले पारित गरेको बिधेयक राष्ट्रपतिले प्रमाणिकरण गर्ने व्यवस्था गरेको छ । राष्ट्रपतिले लाल मोहर लगाएपछि मात्रै ती कानुनहरु कार्यान्वयनमा आउने व्यवस्था छ ।
यी हुन लाल मोहर लागेका १० बिधेयक
राष्ट्रिय दलित आयोग विधेयक, २०७४
अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी विधेयक, २०७४
स्थानीय सरकार सञ्चालन विधेयक, २०७४थारु आयोग विधेयक, २०७४
प्रधान न्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशको पारिश्रमिक, सुविधा र सेवाका अन्य शर्त सम्बन्धी विधेयक, २०७४
उच्च अदालत तथा जिल्ला अदालतका न्यायाधीशहरुको पारिश्रमिक, सुविधा र सेवाका अन्य शर्त सम्बन्धी विधेयक, २०७४
राष्ट्रिय महिला आयोग विधेयक, २०७४
मुस्लिम आयोग विधेयक, २०७४कर्मचारी समायोजन विधेयक, २०७४
राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०७४
Copyright © 2024 Bikash Media Pvt. Ltd.